बागलुङ । बागलुङमा पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको छभने ५ जना घाइते भएका छन् । पहिरोमा पुरिएका ४ जनाको जीवितै उद्धार गरिएको छ ।
आज बिहान बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा २ जना र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल बुढाको घर पुरिँदा ५ जनाको मृत्यु भएको हो । आज बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये ६ जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।
पहिरोमा पुरिएका ४ जनाको जीवितै उद्धार गरिएको छ । उनीहरू घाइते छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । रासस




















