×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

घाँसको झाडीमा राष्ट्रिय विभूतिको सालिक

  •  गोरखा समाचार
  • सोमबार, साउन २१, २०८१ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गण्डकी । गत वर्ष साउन २६ गते पोखरा महानगरपालिकाको अगुवाइमा बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले पोखराका सडक र चोकमा रहेका सालिक व्यवस्थापन तथा स्थानान्तरण गर्ने निर्णय गर्यो । महानगरमा क्रियाशील राजनीतिक दल, सरकारी निकाय तथा सरोकार भएका सङ्घ संस्थाहरुसँगको समन्वयमा १ महिनाभित्र सालिक व्यवस्थापन गर्ने भनिएकामा वर्षदिनसम्म पनि उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन ।

    पर्यटकीय राजधानीसमेत रहेको पोखराका मुख्य–मुख्य चोक र सडकमा राष्ट्रिय विभूतिदेखि साहित्यकारसम्मका सालिक ठडिएका छन् । सडक सुरक्षासँगै बढ्दो जनघनत्व, सवारी चाप र सहरी सौन्दर्यलाई दृष्टिगत गरी सालिकलाई स–सम्मान पोखरा महानगरपालिका–१८ स्थित सहिद तथा विभूति उद्यानमा स्थानान्तरण तथा व्यवस्थापन गर्ने निर्णय गरिएको थियो । स्थानान्तरण हुनु त परै जाओस् रेखदेख र संरक्षणसमेत नहुँदा केही सालिक बेवारिसे अवस्थामा पुगेका छन् ।

    पोखरा–१० अमरसिंहचोकमा रहेको राष्ट्रिय विभूति अमरसिंह थापाको सालिक त्यसकै एक उदाहरण बनेको छ । काठमाडौं–पोखरा जोड्ने पृथ्वी राजमार्गको मुख्य चोकमा अवस्थित उक्त सालिकको दुरावस्थाले मानिसलाई नै गिज्याएको अनुभूति हुन्छ । राष्ट्रिय विभूतिको सम्मानमा राखिएको सालिकमाथि उल्टो अपमान भइरहेको देखिन्छ । घाँसको झाडीभित्र फुङ्ग अडेको अमरसिंहको सालिकले महानगरले सालिक व्यवस्थापनमा देखाएको उदासीनतालाई झल्काउँछ ।

    सालिक ठड्याइएको संरचना पनि जीर्ण अवस्थामा पगेको छ । सालिकको चारैतिर बर्खे घाँसले ढाकेको छ । सालिक वरपरको सडक पनि नाजुक अवस्थामा छ । बर्सातका बेला हिलाम्मे र खाल्डाखुल्डी भएको सडकबाट यात्रा गर्नुपर्ने बाध्यता छ । पोखरा–१० का वडाध्यक्ष राजेश गुरुङले पोखरा–मुग्लिन राजमार्ग विस्तार भइरहेकाले उक्त सालिकको चाँडो व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

    “महानगरले गत वर्ष नै सडकमा रहेका सालिकलाई सहिद उद्यानमा लगेर व्यवस्थापन गर्ने निर्णय गरेको हो तर अहिलेसम्म सो कार्य अगाडि बढ्न सकेको छैन”, उहाँले भन्नुभयो, “यो विषयमा महानगर प्रमुखलगायतसँग कुरा राख्छु, अमरसिंहचोकसँगै महानगरभित्रका सबै सालिकको उचित व्यवस्थापन गर्नु आवश्यक छ ।”

    जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख भानु शर्माले दीर्घकालीन रुपमा सालिकको व्यवस्थापन गर्नु उचित हुने बताउनुभयो । “सालिक राखिएका संरचना नहुँदा सडक फराकिलो हुन्छ, व्यस्त चोकमा सालिकको सट्टा ट्राफिक आइल्यान्ड राख्न सकियो भने सवारी व्यवस्थापनमा पनि सहजता थपिन्छ”, उहाँले भन्नुभयो, “सालिक भएका कारण अहिलै नै ट्राफिक व्यवस्थापन गर्न कठिनाइ भएको अवस्था नरहे पनि यसको दीर्घकालीन व्यवस्थापनमा भने महानगरले योजना बनाउनुपर्छ ।”

    बढ्दो सवारी चाप र पार्किङ अभावका कारण पछिल्लो समय पोखराको ट्राफिक व्यवस्थापन पनि चुनौतीपूर्ण बन्दै गएको उहाँको भनाइ छ । पोखरा–१ हरिचोकदेखि वडा नं २६ अर्घौंचोकसम्मको सडक क्षेत्रमा सालिक छन् । अधिकांश सालिक राजमार्गका मुख्य चोकमा अवस्थित रहेको प्रमुख शर्माले बताउनुभयो । “कतिपय ऐतिहासिक व्यक्तित्वहरुका सालिक रहेका ठाउँमा उनीहरुका जयन्तीलगायत कार्यक्रममा मानिसहरुको भीडभाड हुने हुँदा ट्राफिक व्यवस्थापनमा समस्या निम्तने गरेको छ”, उहाँले भन्नुभयो । रासस

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, साउन २१, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.