साँकेतिक तस्बिर
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका छन् ।
यस्तै नन ग्रेड अर्थात् अनुत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या ४७.०९ प्रतिशत रहेको छ । यस वर्ष कक्षा १२ को परीक्षामा नियमिततर्फ सहभागी ३ लाख ९० हजार ८६८ विद्यार्थीमध्ये २ लाख ३ हजार ८४७ जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।
यसैगरी ग्रेड वृद्धितर्फ २०७८र७९ का २८.२६ प्रतिशत र २०७६–०७७ का ६२.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गएको वैशाख १४ गतेदेखि शुरु भएको परीक्षामा जम्मा ४ लाख ९१ हजार ४९७ जना विद्यार्थी सहभागी थिए ।
अघिल्लो वर्षको परीक्षामा २०७९ सालमा ५१.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।


