धनुषा । आफ्नै श्रीमती हत्या गरेको आरोपमा धनुषा प्रहरीले १ जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३८ वर्षीय राजनारायण यादव भएको प्रहरीले पुष्टी गरेको हो ।
यादवलाई प्रहरीले शनिबार राति प्रहरीले पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ । आरोपित यादवले आफ्नै ३६ वर्षीया श्रीमती रूबी यादवको हत्या गरेको आरोप लागेको छ ।
यादवले आफ्नै श्रीमतीको हत्या गरी मिथिला नगरपालिका–५ स्थित औरही खोला बाबाको मन्दिर छेउको खोल्सामा फालेको खुल्न आए पछी इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।



