बिरगञ्ज । सशस्त्र प्रहरी बल नेपालले पर्साको बिरगंज महानगरपालिका–१९ बर्वा लागयत विभिन्न स्थानबाट मंगलबार राती ठुलो मात्रामा अवैध सामान नियन्त्रणमा लिएको छ । विभिन्न गोदाममा लुकाई राखेको अवस्थामा छापा मारेर ४४ लाख बढिको अवैध सामान जफत गरेको शसस्त्र प्रहरी बल नेपालका सहप्रबक्त्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंज बाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको सुरक्षा फौजले विरगंज भन्सार कार्यालयका कर्मचारी समेतको उपस्थितीमा अवैध रुपले राखिएको गोदाममा छापा मारेर सौदर्य क्रिम, मुङ दाल, मोटर पार्टस तथा अन्य अवैध सामान बरामद गरेको हो ।
बरामद भएको सामान ३० हजार ७२० थान लेक्मी ब्राण्डको क्रिम बरामद भएको छ । जसको बजार मूल्य २२ लाख ६५ हजार ६०० रहेको पनि सहप्रबक्ता थापाले जानकारी दिए ।
त्यस्तैगरी, कोही पनि मानिस नबस्ने १ घरमा अवैध रुपले गोदाम गरी राखिएको ६ लाख रुपैयाँ बराबरको ३ हजार किलो दाल समेत बरामद गरेको छ ।
मंगलबार राती नै सोही गुल्मले बिरगंज महानगरपालिका–१० बाट अवैध रुपमा राखिएको ११ लाख रुपैयाँ बराबरको मोटर पार्टस र १० लाख ७५ हजार मुल्य बराबरको किराना सामान समेत बरामद गरेको छ ।
बरामद सबै सामान बुधबार बिहान आवश्यक अनुसन्धान तथा कारवाहीको लागि विरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।
यसैबिच पछिल्लो एक हप्ताको बिचमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटले करिब ३ करोड मूल्य बराबरको अबैध सामान बरामद गरि आबश्यक कारबाहिको लागि सम्बन्धित निकायमा बुझाएको सहप्रबक्ता शैलेन्द्र थापाले बताए ।
तस्बिर शसस्त्र प्रहरी बल नेपाल






















