×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

चरनमा आधारित बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी

  •  गोरखा समाचार
  • शुक्रबार, जेठ २५, २०८१ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गण्डकी । पशुपालन व्यवसाय थोरै युवाको कम रोजाइमा पर्दछ । युवाहरु विदेशीने क्रम बढी रहेको अवस्थामा यहाँको एक दम्पती भने बाख्रापालन व्यवसायमा भविष्य देखेका छन् ।

    पोखरा महानगरपालिका वडा नंं १६ अर्मला हिलप्वइन्टका सुरेन्द्र सुवेदी दम्पती भने यतिखेर बाख्रापालनबाट स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सबैका लागि उदाहरणीय बन्नुभएको हो ।

    उहाँका अनुसार दश वर्षअघि १२ स्थानीय खरिजातका माहु बाख्राबाट व्यवसाय सुरु गर्नुभएका उहाँको अर्मला हिलप्वइन्ट बाख्रा फार्ममा अहिले साना ठूला गरेर ९० बाख्रा पुगेका छन् । वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी हुन्छ ।

    “चरनको लागि बिहान सबेरै अर्मला काली लेकको वनमा ५९ वटा माउ बाख्रा लिएर जानु र ५ बजे फार्ममा फर्कनु दिनचर्या नै बन्नेको छ”, २८ वर्षीय सुरेन्द्रले भन्नुभयो, “एउटा उन्नत जातको बोयर बोकासहित ३० वटा पाठापाठी दिनमा पनि खोरमै हुन्छन् ।” पछिल्लो समयमा दानामा आधारित पशुपालनमा जोड दिइरहेकाअवस्थामा उहाँले भने चरनमा आधारित बाख्रापालन गर्दै आउनुभएको छ । माहु दिनभरि जङ्गलमा चर्दछन् खोरमा रहेका लागि फार्म परिसरमा रहेको नेपियर घाँस र मकै खुवाउने गरेको सुरेन्द्रले राससलाई जानकारी दिनुभयो ।

    लेकको जडीबुटीमा चरेका खसी बोकाको मासु खाने पारखीको कारण माग बढेको छ । फार्ममा उत्पादन भएका खसी बोका बिक्री हुँदैन कि भन्नु पर्दैन ग्राहक खोरमा नै खरिद गर्न आउँछन् उहाँको भनाइ छ । दशजोड दुई पास गर्नुभएका सुरेन्द्रले भन्नुभयो, “स्थानीय खरिजातका बाख्रालाई तनहँुको बन्दीपुरबाट रु एक लाख ५० हजारमा खरिद गरेको बोयरजातको बोका दिएपछि जन्मेका पाठापाठीमा नश्ल सुधार हुँदा तौलसमेत बढेको कारण आम्दानीमा समेत वृद्धि भएको छ ।

    कृषक सुरेन्द्र भन्नुहुन्छ, “बाख्रा वर्षमा दुई पटक ब्याउने गरेको र दुईदेखि तीनवटासम्म पाठापाठी पाउने गरेको छ । खोरमा जन्मेका बोका जिउँदो रु छ सयमा प्रतिकिलोमा बिक्री गर्ने गरेको र पाठी हुर्काउँदा अहिले खोर भरिएर थाहै नपाई व्यवसायमा परिणत भएको छ । ”

    घर परिवारसँगै बसेर व्यवसाय गर्ने हो भने जीविकोपार्जनका लागि विदेशिनुपर्दैन भन्ने सोचका साथ सुरु गरेको बाख्रा फार्ममा अहिलेसम्म २० लाखभन्दा बढी लगानी भएको छ । आधुनिक खोर बनाउँदा मात्र साना किसानबाट रु १० लाख ऋण लिएको बताउँदै उहाँले भन्नुभयो, “अहिलेसम्म सरकारीस्तरबाट कुनै पनि अनुदान सहयोग पाएको छैन । दिनभरि बाख्रा चराउने र साँझ तिनैको स्याहासुसार गर्नुपर्छ । कहाँ अनुदान पाइन्छ थाहा नै छैन । ”

    समुद्री सतहबाट झण्डै एक हजार आठ सय मिटरको उचाइमा गोठ रहेको छ भने केही माथि अर्मला कालीलेकको रोला, स्याम्से, सिचा, क्रेटो लागतका जङ्गलमा बाख्रा चराउन लाने गरेको २४ वर्षीया गङ्गाले बताउनुभयो ।

    फागुन महिनामा कालीलेकमा चरनको लागि लैजाने गरेको चार महिनासम्म क्रेटोमा काठबाट निर्माण गरेको गोठमा राख्ने गरेको जनाउँदै उहाँले भन्नुभयो, “चिसोको कारण धेरै बाख्रा मर्ने गर्दछन् भन्ने खोरमा जन्मेका पाठापाठी पनि ६० प्रतिशत मात्र हुर्कने गरेका छन् ।”

    बाघ, भालु, स्याललगायतका जङ्गली जनावरले आक्रमण गरी मार्ने गरेको छ भने कतिपय त चरणमा लडेर, लहरामा अड्के मर्ने गरेको उहाँको दुखेसो छ । पानी पर्न थालेपछि बाख्रालाई चरनमा लागेका जुका गोठमा आइपुग्दा बोका र पाठापाठीलाई समेत टोकेर दुःख दिने गरेका छन् । गोठमा मात्र होइन यतिखेर बारीमा पनि जुकाको बिगबिगी छ ।

    “व्यवसाय सञ्चालनको सुरुमा खासै ज्ञान थिएन गाह्रो महसुस भएको थियो चिसो स्थान भएको कारण कतिपय बाख्रा निमोनियाले मरेको दुखेसो सुनाउँदै”, दश जोड दुई पास गर्नुभएको गङ्गाले भन्नुभयो, “अहिले बाख्रा पाल्ने काम सजिलो लाग्न थालेको छ ।”

    पोखरा–१६ मौरी पकेट क्षेत्र घोषणा गरी सयौँ मौरीसहितका घार ५० प्रतिशत अनुदानमा स्थानीयलाई वितरण गरेको सुने पनि आफूले प्राप्त गर्न नसकेको जनाउँदै उहाँँहरुले भन्नुभयो, “बेरोजगार भएर मुलुकका युवा विदेशिएको वर्तमान अवस्थामा राज्यले स्वदेशमै स्वरोजगार सिर्जना गरी आयआर्जन गर्दै राज्यलाई समेत योगदान पु¥याउँदै आएका युवालाई अनुदानले छुन सकेको छैन । ”

    दुई वर्ष अघि खरिद गरेर ल्याएको बोयर जातको बोकाबाट जन्मेका पाठीमा हाडनाता पर्ने हुँदा उत्पादनमा कमी आउन सक्दछ, सतप्रतिशत बोयरको बोका अनुदानमा पाउने हो भने विदेश होइन स्वदेशमै बाख्रापालनबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उहाँको भनाइ छ । फार्म र जङ्गलको विभिन्न स्थानमा रहेका खोरमा अहिले पनि बाख्राको जुतो (मल) थुप्रियको छ बिक्री हुँदैन ।

    पोखरा महानगर पशु महाशाखाको प्राविधिक टोलीसहित सुवेदीको अर्मला हिलप्वइन्ट बाख्रा फार्मको कालीलेक क्रेटा जङ्गलमा रहेको गोठमा पुगेर सम्पूर्ण बाख्रालाई पिपिआरको खोप लगाएको कृषि सञ्जाल पोखरा– १६ का अध्यक्ष जितबहादुर बस्नेतले जानकारी दिनुभयो ।

    सो अवसरमा वडाका सम्पूर्ण गाईलाई लम्पीस्किन र भैँसीलाई खोरेत रोगविरुद्धको पूर्ण खोपको व्यवस्था गरी महामारीबाट पशुलाई बचाउन सफल भएको उहाँको धारणा छ । पोखरा महानगर पशु विकास महाशाखा प्रमुख डा अशेष विश्वकर्माका अनुसार महानगरले कृषकलाई व्यावसायिक बाख्रापालनमा प्रेरित गर्ने लक्ष्यका साथ उन्नत जातको बोका खरिदमा अनुदानका साथै घाँसका बिरुवा वितरण र आवश्यकताअनुसार खोप र तालिमको समेत व्यवस्था गर्दै आएको छ ।

    रासस

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, जेठ २५, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.