गोरखा । गोरखा आरुचनौटेका बुद्विबहादुर परियारको मृत्त शरिर बुढीगण्डकी नदी किनारमा फेला परेको छ । आरुघाट गाउँपालिका–९ आरुचनौटेका ५९ बर्षिय परियार मृत्त शरिर नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार परियारको शव भिमसेन थापा गाउँपालिका–४ धावाको बालुवाटार स्थित गोरखा तर्फको बुढीगण्डकी नदी किनारमा फेला परेको हो ।
गएको जेठ २० गते आईतबार दिउसो १ बजे घरमा कोही कसैलाई पनि जानकारी नदिई बाहिर निस्किएका परियार नफर्किए पछि खोजीका लागि आफन्तले प्रहरीमा खबर गरेका थिए ।
परियारका आफन्त र प्रहरी तथा स्थानियले खोजी गर्दा उनी मृत्त अवस्थामा नदी किनारमा तैरिरहेको अवस्थामा फेला परेको सूचना अधिकारी श्रेष्ठले बताए ।
परियारकाे शव पाेष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइएकाे छ । घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।


