गोरखा । मनाङको हिमाली क्षेत्रमा हराएका गोरखा छेकमपारका २ जना युवक सम्र्पकमा आएका छन् । ङिस्याङ गाउँपालिका–६ को तर्केनी आइस लेक क्षेत्रमा शुक्रबार हराएका २ युवक सम्पर्कमा आएको मनाङ प्रहरीले जानकारी दिएको छ ।
यार्चा खोज्दै जादा साथीहरुसंग छुट्टिएका चुमनुब्री गाउँपालिका–४ छेकम्पारका २४ वर्षीय तेन्जिङ लामा र अर्का २४ वर्षीय पेमा डोर्जे लामा शनिबार मध्यरात सम्पर्कमा आएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी प्रमुख प्रहरी नाबय उपरिक्षक नरेशकुमार सिंहले दुवै जना साथीहरुको सम्र्पकमा आएको जानकारी दिए । सम्र्पकमा आएका दुवै जनाले आफूहरू साथीहरूसँग छुट्टिएपछि घुम्न गएको बताएको पनि जानकारी दिए । तर प्रहरीले उनीहरू आफूले पुर्जी काटेको ठाउँ भन्दा फरक ठाउँमा यार्चा खोज्न गएको हुन सक्ने अनुमान गरेको छ ।
दुवै जना शुक्रबार विहानैदेखी साथीहरूबाट छुट्टिएर शनिबार बिहानसम्म नफर्केपछि नआएपछी प्रहरी बेस क्याम्प याकखर्कमा उनीहरू हराएको भन्दै साथीहरुले खबर गरेका थिए । प्रहरी र स्थानीयले खोजी गरिरहेको अवस्थामा उनीहरू शनिबार मध्य राति बास बस्ने ठाउँमा आइपुगेका थिए् ।
दुवै युवाको खोजीका लागि मनाङ ङिस्याङ गाउँपालिका ७ का वडाअध्यक्ष गुरक्याप गुरुङ, संरक्षण क्षेत्र व्यवस्थापन समितिका व्यक्तिहरु, याकखर्क बेस क्याम्पमा खटिएको प्रहरी टोली, हराएका व्यक्तिका साथीहरू खोजीकार्यमा जुटेका थिए ।


