गोरखा । गोरखाको गोरखनाथमा भएको २१औं सवालाख रोट महोत्सव आज सम्पन्न भएको छ । सिद्वाश्रम शक्ति केन्द्र नेपालको आयोजनामा भएको रोट महोत्सवको आज समापन गरिएको हो ।
जेठ १० गतेदेखी सञ्चालित रोट महोत्सवमा गुरु गोरखनाथलाई १ लाख ६७ हजार ९६५ वटा ताईरोट अर्पण भएको शक्ति केन्द्रका संयाेजक रामजी अर्यालले जानकारी दिए । उनका अनुसार ११ दिनसम्म सञ्चालनमा आएको महोत्सवमा देश विभिन्न भागबाट श्रद्वालु भत्तजनहरुको सहभागीता रहेको थियो ।
उत्साहजन रुपमा सम्पन्न भएको रोट महोत्सवमा ५० हजारभन्दा बढी भक्तजनहरुको सहभागीता रहेको सिद्वाश्रम शक्ति केन्द्र नेपालले जनाएको छ ।
केन्द्रले आज गोरखा दरर्बार परिषरमा समापन कार्यक्रम गर्दै जेठ १० गते र्यालीमा सहभागीता जनाउने संघ संस्थाहरुलाई सम्मान पत्र दिएर सम्मान गरिएको थियो ।
महोत्सव अवधिभर २५ लाखभन्दा बढी खर्च भएको पनि आयोजक सिद्वाश्रम शक्ति केन्द्रले जानकारी दिएको छ ।
रोट के लाई भन्निछ ?
रोट २ किसीमको हुन्छ । भुग्रे रोट र ताई रोट । भुग्रे रोटलाई आगाको भुग्रोमा पकाउने गरिन्छ । रोटहरु मध्ये गुरु गोरखनालाई मन पर्ने ताई रोट हो । यो चामल, गहुँ वा जौ को पिठोलाई वास्ना तथा शक्ति वर्धक विभिन्न ५२ मसला मिसाएर मन्दिरका नाथ संप्रदायका मानिसहरुले ध्यूमा तयार पारीएको हुन्छ । रोटमा ल्वाङ्ग, सुकमेल, जाइफल, जाइपत्रि, काजु, पिस्ता, सौफ, नरीवल, मह, दाख, चिनी, खुदो जस्ता शक्ति बर्धक वस्तुहरु मिसाएर तयार गर्ने गरीन्छ ।
सानो सानो आकारमा तयार गरीने यो रोटलाई नाथ प्रजातीका ब्यक्तिहरुले सुद्व भै मन्त्र जाप गरी विचको भाग उठाएर वनाएको हुन्छ । गुरु गोरखनाथको अति प्रिय खाने वस्तु मानिएको यो रोटको ऐतिहासीक महोत्व समेत रही आएको छ ।
नेपाल एकिकरणका वेला तात्कालिन राजा पृथ्वीनाराण शाह तथा उनका सेनाहरुले अन्य राज्य कब्जा गर्न जादाँ उत्त रोट र पानी खाएर लडेको अवस्थामा विजयी हासील गरेको किंवदन्ती समेत पाइन्छ ।


