उदयपुर । शसस्त्र प्रहरील आज बिहान सिसौलिया घाँटबाट २८० किलो गाँजा बरामद गरेको छ । जिल्लाको बेलका नगरपालिका–८ को सिसौलिघाटका जंगलबाट २८० किलो गांजा बरामद गरेको शसस्त्र प्रहरीका सहप्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार आइतबार बिहान ६ः५५ बजे सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बेलकाले गस्ती गर्दै जाने क्रममा बिशेष सुचनाको अधारमा सिसौली घाटको जङ्गलमा ६ वटा बोरामा लुकाइ छिपाइ राखेको अबस्थामा गाँजा बरामद गरेको हो ।
उक्त जंगलबाट गांजा सहित २ थान ट्युब र सानो ठेलागडा १ थान समेत बरामद भएको सहप्रबक्ता थापाले बताए । उनका अनुसार ट्युब सहित गाँजा फेला पर्नुले तस्करहरुले कोशी नदि हुँदै तस्करी गर्न लागिएको आशंका गरिएको छ ।
्
बारामद गांजा र अन्य सामान आबश्यक कारबाहिका लागि उदयपुर प्रहरीलाई बुझाइएको पनि उनले जानकारी दिए ।


