मनाङ । मनाङ घुम्न आएका १ जना नेपाली पर्यटक ४ दिनदेखि सम्पर्कविहीन भएका छन् । ललितपुरको नखिपोटका ३१ वर्षीय प्रकाश गोरर्खाली जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् ।
तिलिचो ताल जाने क्रममा गोरर्खाली मनाङ ङिस्याङ गाउँपालिका–९ बाइस घुम्तीबाट सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए ।
उनी सँगै रहेका अन्य ३ जना साथीहरुले उनी सम्पर्कविहीन भएपछि खोजीका लागि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले अहिले गोरर्खालीको खोजी गरिरहेको छ ।
प्रजिअ लामिछानेका अनुसार उनकाे खाेजीकाे लागि ड्रोनको प्रयोग गर्ने तयारी भइरहेको छ ।




















