गोरखा । बिहीबार साँझ गोरखामा आएको हावाहुरीले रुखको हाँगा भाचिएर लागेका पुरुषको मृत्यु भएको छ । मृत्यु हुने ब्यक्ति शहिदलखन गाउँपालिका–४ ताक्लुङका ५० बर्षिय गिरबहादुर राना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार जेठ १७ गते बिहीबार साँझ ६ बजे अचानक आएको हावाहुरीले बाटोमा रहेको समीका रुखको हाँगा भाचिएर रानालाई लाग्दा गंभिर घाईते भएका थिए । घाईते रानाको उपचारको क्रममा आज मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
घाईते भएका रानालाई तत्कालै उद्वार गरी उपचारको लागि पुरानो चितवन मेडिकल कलेज लगिएको थियो । घाईते रानाको आज बिहान उपचारकै क्रममा १० बजे मृत्यु भएको हो ।


