सुर्खेत । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्ला नजिक दुर्घटन हुँदा ज्यान गुमाउनेको सङ्ख्या ४ पुगेको छ ।
बिहीबार बिहान भे १ च २५६० नम्बरको जीप दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकाे हो ।
कार्यालयका अनुसार दुर्घटनाग्रस्त जीपमा ६ जना सवार थिए । दुर्घटनामा २ जना गंभिर घाइते भएका छन् । उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।


