गोरखा । उत्तरी गोरखाको माछीखोलामा फोहर ब्यवस्थापनका लागि डम्पिङ साईड निर्माण गरिएको छ । त्रिपक्षीय साझेदारीमा डम्पिङ साईड निर्माण गरिएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।
धार्चे गाउँपालिका–५ को माछीखोलामा निर्माण भएको उक्त फोहर ब्यवस्थापन केन्द्रको लागि गाउँपालिका, नेपाल पर्यटन बोर्ड र उपभोत्ता समितिका साझेदारीमा निर्माण गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारले बताए ।
६०–४० को लागतमा निर्माण सम्पन्न भएको उक्त केन्द्रको लागि पालिका र बोर्डले ७ लाख रुपैयाँ खर्च गरेको छ । त्यस्तैगरी, उपभोत्ता समितिले ८७ हजार ३८२ रुपैयाँ ७० पैसा खर्च भएका अधिकृत सुनारल जानकारी दिए ।
साझेदारी अन्तरर्गत पालिकाले ४ लाख २० हजार र बोर्डले २ लाख ८० हजार रुपैयाँ खर्च गरेको छ ।
हालै निर्माण सम्पन्न भएका उक्त केन्द्रको उदघाटनका अवशरमा माछीखोलाका सर्ब साधारणहरुलाई पालिकाको तर्फबाट फोहर संकलनका लागि बाल्टिन बितरण समेत गरिएको थियो ।
फोहर संकलन केन्द्र निर्माण लगत्तै अहिले माछीखोला बजारमा संकलन हुने सबै प्रकारका फोहरहरु सोही केन्द्रमा बिर्सजन गर्न थालिएको पनि अधिकृत सुनारले जानकारी दिए ।



