नुवाकोट । आफ्नै सहोदर दाईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा किस्पाङ गाउँपालिका–५ मानेगाउँ बस्ने ६० वर्षीय सिंहबहादुर तामाङ भएको प्रहरीले पुष्टी गरेको छ ।
उनलाई सहोदर दाजु ७० वर्षीय खमसिङ तामाङको हत्या अभियोग लागेको हो । खुकुरी प्रहार गरी हत्या गरका उनलाई प्रहरीले सोमबार राती पक्राउ गरेको जनाएको छ ।
सिंह बहादुरले खुकुरी प्रहार गर्दा खमसिङको घटनास्थलमै मृत्यु भएको थियो । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट समेत खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान थालेको जनाएको छ ।




















