गोरखा । उत्तरी गोरखको साम्दोमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट स्थापना भएको छ । पोष्ट आजै बिहान स्थापना भएको शसस्त्र प्रहरी बल गोरखाका प्रहरी नायब उपरिक्षक सुमन बोगटीले बताए ।
लामो प्रयासका बावजुद जिल्लामा पहिलो पटक शसस्त्र प्रहरीको बोर्डर पोष्ट स्थापना भएको हो । पोष्ट चुमनुब्री गाउँपालिका–१ को साम्दो गाउँमा स्थापना गरिएको प्रनाउ बोगटीले बताए ।
उक्त पोष्टमा शसस्त्र प्रहरी निरिक्षकको कमाण्डमा पोष्ट स्थापना गरिएको हो । शनिबार मध्ये रातमा पुगेको टोलीले आज आइतबार बिहान मात्र पोष्टको स्थापना गरि जिल्लामा जानकारी दिएको प्रनाउ बोगटीले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल नंं. २९ गुल्म गोरखाको मातहत रहने गरी स्थापना भएको बिओपी सदरमुकाम गोरखा बजारबाट करीव १६४ किलोमिटर उत्तरतर्फ रहेको शसस्त्र प्रहरी बलका सह प्रबक्त्ता शैलेन्द्र थापाले बताए ।
उनका अनुसार नेपाल र चीन सीमा ईलाकामा स्थापना गरिएको बिओपीले विपद्जन्य घटनाहरु हिमपात, हिमपहिरोमा परेका नागरिकहरुको उद्धार, अवैध चोरीनिकासी पैठारी नियन्त्रण, सीमावर्ती क्षेत्रमा हुने अपराधिक तथा अवान्छित क्रियाकलाप न्यूनिकरण, नियमित सीमा स्तम्भ तथा सीमा ईलाकाको निगरानी लगायत कार्यहरु गर्नेछ ।
समुन्द्री सतहतबाट करीव ३ हजार ८७५ मिटरको उचाई स्थापना भएको बिओपीबाट करीव १५ किलोमिटर नजिक चीनसँगको सीमानामा रुईला नाका रहेको पनि सह प्रबक्त्ता थापाले जानकारी दिए ।
पोष्टले आजैदेखी सिमा ईलाका साथै सिमामा राखिएका अन्तराष्ट्रिय स्तरका पिल्लरहरुको रेखदेख, चोरी निकासी रोक्ने, दैवि प्रकोपमा उद्वारको काम गर्ने र शान्ति सुरक्षा प्रदान गर्ने छ ।
शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना संगै स्थानिय खुशी भएको चुमनुब्री–१ साम्दोका निमादोर्जे लामाले बताए । ‘यो ठाउँमा पहिलो पटक पोष्ट स्थापना भएको हो’ उनले भने ‘अब सिमा नाकाबाट हुने चोरी तथा पिल्लरको हेरचाह हुने छ भने विपदमा सहयोग हुने छ ।’
यता प्रमुख जिल्ला अधिकारी भाेला दाहालले भने पाेष्ट स्थापनाकाे लागि शसस्त्र प्रहरीका जवानहरु साम्दाे पुगेकाे जानकारी दिदै अबकाे केही दिनमा नै पाेष्ट स्थापनाकाे ओैपचारीक उद्घाटन गरिने बताए ।
पोष्टको नजिकै रहेको चिन र नेपालको रुईला नाका रहेको छ । यो जिल्लामा नै पहिलो पटक स्थापना गरिएको बोर्डर आउट पोष्ट हो ।





