गाेरखा । गाेरखाका फोटो पत्रकार पूर्णिमा श्रेष्ठले एउटै याममा ३ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व किर्तिमान कायम गरेको छ ।
वसन्त ऋतुमा जारी सगरमाथा आरोहणमा उनले आज बिहान सगरमाथाको चुचुरोमा तेस्रो पटक पाइला टेकेर उक्त कीर्तिमान बनाएको हो ।
पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले आरोही श्रेष्ठले आज बिहान ५ः५० बजे सगरमाथाको सफल आरोहण गरेको जानकारी दिए ।
पत्रकार श्रेष्ठ एउटै याममा ३ पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेको छ । उनको योसहित सगरमाथा आरोहण चौथो पटक हो । श्रेष्ठले यसअघि यही याममा मे १२ तारिखमा पहिलो पटक तथा मे १९ मा दोस्रो पटक सगरमाथाको सफल आरोहण गरेका थिए ।
गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् १०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए । उनले सगरमाथासहित विश्वका विभिन्न हिमाल आरोहण गरिसकेका छन् । विश्वका ८ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण अभियानमा रहेकाे श्रेष्ठले गत वर्ष साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको आरोहण गर्नुभएको थियो ।



