भोजपुर । टेम्केमैयुङ गाउँपालिका–४ को नागीमा आफ्नो बाली खाएको निहुमा झगडा हुदा बन्दुक प्रहर गरेर छिमेकीको हत्या गरिएको छ ।
स्थानिय ६५ वर्षीय मणीप्रसाद राईले आफ्नो बाली खाएको भन्दै भएको सामान्य भनाभनमा ६३ वर्षीय राजकुमार राईलाई भरूवा बन्दुक प्रहार गरी हत्या गरेको भोजपुर प्रहरीले जानकारी दिएको छ ।
शुक्रबार भएको घटनामा राजकुमारको घटना स्थलमा नै ज्यान गएको पनि प्रहरीले जानकारी दिएको छ । घटना लगत्तै प्रहरीले मणीप्रसाद राईलाई शुक्रबार साँझ नै पक्राउ गरेको छ ।
मणीलाई इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीको टोलीले बन्दुकसहित पक्राउ गरेको हो ।




















