गोरखा । गाेरखा बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदैछ । गोरखाका ८ हजारभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइन लागिएकाे हाे ।
जिल्लाका सबै पालिकामा जेठ १६ गते एकैसाथ खोप अभियान सञ्चालन गरी ८ हजार ५३९ जना बालबालिकालाई खोप लगाउने तयारी जारी रहेको स्वास्थ्य कार्यालय गाेरखाका जनस्वास्थ्य निरिक्षक नानीबावु दानीले बताए ।
११ पालिका रहेको गोरखामा सबैभन्दा धेरै गोरखा नगरपालिकामा २ हजार ४८६ जना बालबालिकालाई खोप लगाइने छ । पालुङटार नगरपालिकामा १ हजार ९१, आरुघाट गाउँपालिकामा ७३०, बारपाक सुलिकोट गाउँपालिकामा ६६७ जना बालबालिकालाई खोप लगाइनेछ ।
गण्डकी गाउँपालिकामा ६४१, धार्चे गाउँपालिकामा ६२८, सहिदलखन गाउँपालिकामा ६०३, सिरानचोक गाउँपालिकामा ४९९, भीमसेन थापा गाउँपालिकामा ४८५, अजिरकोट गाउँपालिकामा ४१२ र चुमनुब्री गाउँपालिकामा २९७ जना बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेकाे उनले जानकारी दिए ।
खोप कार्यक्रम सञ्चालन गर्न जिल्लाभर २५९ केन्द्र तोकिएको छ भने २५९ जना स्वास्थ्यकर्मी र ५१८ जना स्वयंसेवक परिचालन गरिएकाे छ । साथै १२३ जना जनशक्ति पनि परिचालन गरिनेछ कार्यालयले जनाएकाे छ ।




















