गाेरखा । २१ओैं राेट महाेत्सवकाे पूर्व सन्ध्यामा आज बिहान गाेरखा बजारदेखी गाेरखनाथसम्म रथ यात्रा सम्पन्न भएकाे छ ।
गाेरखा बजारकाे बैंक राेडबाट निष्किएकाे रर्याली पुरानाे बसपार्क, बिपीचाेक, पदेली, ठुलाे आँगन, सतिपिपल, रामशाह चाैताराे, गणेश थान हुदै गाेरखनाथ गुफामा पुगेर समापन भएकाे थियाे ।
रर्यालीमा साना साना नानीहरुले १०८ वटा कलश समेत बाेकेका थिए । बिभिन्न बाजागाजा सहित रर्याली गाेरखनाथ गुफा पुगेकाे हाे ।
आजै गाेरखाना गुफामा गुरु गाेरखनाथकाे झण्डा समेत फेरीएकाे छ ।
रर्यालीमा विभिन्न स्थानबाट आएका विभिन्न थरीका जातजातीहरुले आ-आफ्नाे संस्कृती झल्कने खालका बाजागाजा सहित रर्याली गुफा पुगेकाे थियाे ।
गुरु गाेरखनाथलाई आजैबाट उनकाे प्रिय मानिएकाे खाने बस्तु ताईराेट चढाउन प्रारम्भ गरिने छ । महाेत्सव यही २० गते समापन हुने छ ।
































