×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको गोरखनाथमा भोलीदेखी हुने २१औं सवालाख रोट महोत्सवको तयारी पुरा

  •  गोरखा समाचार
  • बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाईल तस्बिरहरु

    गोरखा । गोरखा सदरमुकामको गोरखनाथमा भोलीदेखी हुने २१औं रोट महोत्सवको तयारी पुरा भएको छ । भोलीदेखी २० गतेसम्म हुने रोट महोत्सवको तयारी पुरा भएको सिद्वाश्रम शक्ति केन्द्र नेपालका रामजी अधिकारीले बताए ।

    महोत्सव स्थल गोरखनाथ मन्दिर परिषरमा आवश्यक सामाग्रीहरु पुगिसकेको उनले बताए । ‘रोटको लागि आवश्यक चालमको पिठो, ध्यू तथा मरमसला सबै आई सकेको छ’ उनले भने ‘गुरु गोरखनाथको लागि आवश्यक चौरासी ब्यन्जनका सबै सामाग्री समेत आईपुगेको छ ।’

    रोटका लागि आवश्यक अन्य सामाग्रीहरु पनि महोत्सव स्थलमा आईपुगेको अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले रोट पकाउने भाडा कुडाका साथै दाउरा तथा पानी महोत्सव स्थलमा आइसकेको छ ।

    महोत्सव स्थल गोरखा दरर्बार र गोरखनाथ गुफालाई बिशेष रुपमा सजाइएको छ । आगन्तुकहरुलाई विभिन्न स्थानमा स्वागत गेटका साथै ब्यानर राखेर स्वागत गरिएको छ ।

    त्यस्तैगरी, भोली बिहान हुने कलशयात्राको लागि पनि गोरखा बजार क्षेत्रलाई विशेष रुपमा सजाईएको सिद्वाश्रम शक्ति केन्द्रका गोरखाले जानकारी दिएको छ । भोली बिहान ८ः३० देखी ९ बजे भित्रै गोरखा बजारबाट विशेष रथ यात्रा हुने छ ।

    रथ यात्राले पुरानो बसपार्क, पदेली, ठुलो आँगन, सतिपिपल, तल्लो कोट, रामशाह चौतारो, गणेश थान हुदै गोरखा नाथ गुफामा पुगेर समापन हुने छ । भोली नै रथ यात्रा पछी गोरखनाथको झण्डोतोलन समेत हुने आयोजक सिद्वाश्रम शक्ति केन्द्र नेपालले जानकारी दिएको छ ।

    केन्द्रले आयोजना गरेको २१औं रोट महोत्सव गोरखा नगरपालिका–६ को गोरखनाथ गुफामा जेठ २० गतेसम्म सञ्चालनमा आउने छ ।

    महोत्सव अवधीभरमा १ लाख २५ हजारभन्दा बढी रोट चढाइने रामजी अधिकारीले बताए । विश्व शान्तिको कामना गर्दै २०६१ सालदेखी गुरु गोरखनाथलाई केन्द्रले रोट अर्पण गर्दै आएको छ ।

    गोरखनाथलाई अर्पण गरीएको रोट स्वदेश तथा विदेशमा प्रसादको रुपमा बितरण गर्ने प्रचलन रहेको पनि उनले जानकारी दिए । महोत्सवमा यस पटक पनि स्वदेश र विदेशबाट भक्तजन आउने अपेक्षा गरिएको छ ।

    रोट के लाई भन्निछ ?

    रोट २ किसीमको हुन्छ । भुग्रे रोट र ताई रोट । भुग्रे रोटलाई आगाको भुग्रोमा पकाउने गरिन्छ । रोटहरु मध्ये गुरु गोरखनालाई मन पर्ने ताई रोट हो । यो चामल, गहुँ वा जौ को पिठोलाई वास्ना तथा शक्ति वर्धक विभिन्न ५२ मसला मिसाएर मन्दिरका नाथ संप्रदायका मानिसहरुले ध्यूमा तयार पारीएको हुन्छ । रोटमा ल्वाङ्ग, सुकमेल, जाइफल, जाइपत्रि, काजु, पिस्ता, सौफ, नरीवल, मह, दाख, चिनी, खुदो जस्ता शक्ति बर्धक वस्तुहरु मिसाएर तयार गर्ने गरीन्छ ।

    सानो सानो आकारमा तयार गरीने यो रोटलाई नाथ प्रजातीका ब्यक्तिहरुले सुद्व भै मन्त्र जाप गरी विचको भाग उठाएर वनाएको हुन्छ । गुरु गोरखनाथको अति प्रिय खाने वस्तु मानिएको यो रोटको ऐतिहासीक महोत्व समेत रही आएको छ ।

    नेपाल एकिकरणका वेला तात्कालिन राजा पृथ्वीनाराण शाह तथा उनका सेनाहरुले अन्य राज्य कब्जा गर्न जादाँ उत्त रोट र पानी खाएर लडेको अवस्थामा विजयी हासील गरेको किंवदन्ती समेत पाइन्छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.