भद्रपुर । भद्रपुर नगरपालिकामा रहेका स्वास्थ्य संस्थाबाट चालु आर्थिक वर्ष २०८०÷८१ मा दुई लाख २५ हजार सात सय ८३ जनाले सेवा लिएका छन् । सेवा लिनेमा महिलाको सङ्ख्या धेरै छ । भद्रपुर नगरपालिकाका अधिकृत तथा सूचना अधिकारी नेत्रप्रसाद पोखरेलका अनुसार एक लाख १९ हजार ६ सय ४५ महिला तथा एक लाख ६ हजार एक सय ३८ पुरुषले सेवा लिएका छन् ।
भद्रपुरमा रहेका स्वास्थ्य संस्थामा सेवा लिनेमध्ये नौ वर्ष मुनिका १० हजार दुई सय ८७ जना छन् भने एघार हजार एक सय २५ बालकले सेवा लिएका छन् । यस्तै १० देखि १४ वर्ष उमेरका पाँच हजार एक सय ५३ जना तथा पाँच हजार आठ सय ९० जनाले सेवा लिएका छन् ।
त्यस्तै १५ देखि १९ वर्ष उमेर समूहका ६ हजार एक सय ७६ किशोरीले सेवा लिँदा पाँच हजार पाँच सय ८८ किशोरले भद्रपुरमा रहेका विभिन्न स्वास्थ्य संस्थाबाट सेवा लिएका छन् । यसैगरी २० देखि ५९ वर्ष उमेर समूहका ७१ हजार पाँच सय ४७ महिलाले स्वास्थ्य सेवा लिएका छन् । उक्त सेवा लिने पुरुष ५६ हजार एक सय ७७ रहेका छन् । यस्तै ६० देखि ६९ वर्ष उमेर समूहका १४ हजार ६ सय ८१ महिलाले स्वास्थ्य सेवा लिँदा १३ हजार नौ सय चार पुरुषले भद्रपुरका स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिएका छन् ।
सत्तरी वर्ष माथिका एघार हजार आठ सय एक महिलाले स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य सेवा लिने पुरुषको सङ्ख्या १३ हजार चार सय ५४ जना छ । गत वर्ष भद्रपुरमा स्वास्थ्य सेवा लिनेको सङ्ख्या तीन २३ हजार दुई सय ७२ रहेको भद्रपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईले जानकारी दिनुभयो । गत वर्ष एक लाख ५४ हजार पाँच सय ९० महिलाले तथा एक लाख ६८ हजार ६ सय ८२ पुरुषले स्वास्थ्य सेवा लिएका थिए ।
सबै नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले भद्रपुर नगरपालिकाले चालू आर्थिक वर्षमा ४८ गाउँघर क्लिनिक सञ्चालन गरेको छ । यस्तै एक सय ६१ खोप क्लिनिक, दुई सय ६५ पटक खोप अभियान तथा दुई सय ४९ पटक सरसफाइ अभियान सञ्चालन गरिएको थियो । महिला स्वास्थ्य स्वयम् सेविकाले नगरमा चार सय पटक स्वास्थ्यबारे विभिन्न सचेतना शिक्षा प्रदान गर्दै नगरवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराएको स्वास्थ्य शाखा प्रमुख भट्टराईले जानकारी दिनुभयो ।


