गोरखा । जिल्लाको मकैसिंङमा बिमा सम्वन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ । सिदृार्थ प्रिमियर ईन्स्योरेन्स लिको आयोजनामा जनचेतना कार्यक्रम सम्पन्न भएको हो ।
विमा प्राधिकरणको निर्देशन अनुसार गण्डकी गाउपालिका–१ को मकैसिंगमा जनचेतना कार्यक्रम सञ्चालन गरिएको गोरखा शाखा प्रमुख ऋषि श्रेष्ठ जानकारी दिए । उनका अनुसार सहभागीहरुलाई वडा कार्यालयमा प्रशिक्षण गराईएको थियो ।
वार्ड अध्यक्ष तोपमान गुरुङको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा सिदृार्थ प्रिमियर ईन्स्योरेन्स लि प्रदेश कार्यालयबाट आएका कमल हमाल र जिवलाल न्यौपानेले सहभागीहरुलाई विमा सम्बन्धी प्रशिक्षण गराएका थिए ।
कार्यक्रममा स्थानिय २३ जना महिला तथा पुरुषको सहभागिता रहेको शाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।




















