×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

राष्ट्रपति रायसीको अन्त्येष्टि समारोह सुरु

  •  गोरखा समाचार
  • मङ्गलबार, जेठ ०८, २०८१ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    तेहरान/एजेन्सी । हेलिकप्टर दुर्घटनामा मारिएका दिवंगत इरानी राष्ट्रपति इब्राहिम रायसीको अन्त्येष्टि समारोह मङ्गलबारदेखि सुरु भएको छ ।

    राज्य सञ्चालित नेटवर्क प्रेस टिभीको फुटेजमा हेलिकप्टर दुर्घटनास्थल उत्तरपश्चिमी सहर तब्रिजमा राष्ट्रपति रायसी र उहाँको साथीहरूको अन्त्यष्टी जुलुसमा सहभागी हुनेको ठूलो भीड रहेको देखाइएको छ ।

    राष्ट्रपति रायसीको अन्त्येष्टि मे २३ मा देशको उत्तरपूर्वी सहर मशहादमा हुने उपराष्ट्रपति मोहसेन मन्सुरीले घोषणा गर्नुभयो । इमाम रेजाको समाधिमा बिहीबार साँझ अन्तिम संस्कार गरिने उहाँले बताउनुभयो । मुख्य तीर्थस्थलमध्ये एक इमाम रेजा राष्ट्रपति रायसीको गृहनगर मशहदमा अवस्थित छ । मृतकका शव पवित्र सहर कोमको पवित्र तीर्थस्थलबाट जमकरन मस्जिदमा पठाइनेछ, त्यसपछि राजधानी तेहरान लगिनेछ ।

    तेहरानको ग्रान्ड मोसल्लाह मस्जिदमा बुधबार ठूला समारोह आयोजना गरिएको छ । त्यसपछि राष्ट्रपति रायसीको पार्थिव शरीरलाई मशहदको ऐतिहासिक इमाम रेजा मन्दिरमा सारिनेछ जहाँ इरानका सर्वोच्च नेता आयातोल्लाह खमेनीले प्रार्थना गर्नुहुनेछ । खमेनीले सोमबार पाँच दिनको शोकको घोषणा गर्नुभएको हो र देशभरका कार्यालय बन्द गरी सार्वजनिक बिदाको घोषणा गरिएको छ ।

    इरानले जुन २८ मा राष्ट्रपति रायसीको उत्तराधिकारीका रूपमा नयाँ राष्ट्रपति चयन गर्ने सरकारी मिडियाले जनाएको छ । न्यायपालिका, सरकार र संसदका प्रमुखको बैठकको निर्णयले राष्ट्रपति रायसीको उत्तराधिकारी चयनका लागि मतदान गर्ने निर्णय गरेको हो । उम्मेदवारी दर्ता मे ३० देखी जुन ३ सम्म हुने र चुनावी अभियान अवधि जुन १२ देखि २७ सम्म हुने राज्य सञ्चालित समाचार एजेन्सी इरनाले मङ्गलबार जानकारी गराएको छ ।

    साथै, हेलिकप्टर दुर्घटनाको अनुसन्धान सुरु भएको छ । इरानी सशस्त्र बलका चिफ अफ स्टाफ मेजर जनरल मोहम्मद बघेरीले मुद्दाको अनुसन्धान गर्न उच्चस्तरीय प्रतिनिधिमण्डल नियुक्त गरेको सरकारी मिडियाले जनाएको छ । ब्रिगेडियर अली अब्दुल्लाहीको नेतृत्वमा प्रतिनिधिमण्डललाई घटनास्थलमा पठाइएको, अनुसन्धान सुरु भइसकेको र मिसन पूरा भएपछि अनुसन्धानको नतिजा घोषणा गरिने इरनाले जनाएको छ ।

    इरानको संविधानअनुसार सर्वोच्च नेता आयातोल्लाह खामेनीले इरानका प्रथम उपराष्ट्रपति मोहम्मद मोखबरलाई देशको कार्यवाहक राष्ट्रपतिको रूपमा नियुक्त गर्नुभएको छ ।

    मे १९ मा उत्तरपश्चिमी इरानको दुर्गम क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा ६३ वर्षीया राष्ट्रपति रायसी, विदेश मन्त्री हुसेन अमिराबदोल्लाहियान र अन्य सात जनाको मृत्यु भएको थियो । इरानमा सन् २०२५ मा राष्ट्रपतीय निर्वाचन हुने तय भएको थियो । उपराष्ट्रपति मोहम्मद मोखबरलाई अन्तरिम जिम्मेवारीमा नियुक्त गरिएको छ र इरानको मन्त्रिपरिषद्ले उपविदेश मन्त्री अली बघेरी कानीलाई कार्यवाहक विदेशमन्त्रीको रूपमा नियुक्त गरेको छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, जेठ ०८, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.