×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण

  •  गोरखा समाचार
  • मङ्गलबार, जेठ ०८, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल (एपिएफ)मा सेवारत प्रहरी निरीक्षक सुरज पौडेलले सोमबार विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।

    एपिएफको इतिहासमा पहिलोपटक सङ्गठनको प्रतिनिधित्व गर्दै उहाँले यही जेठ ७ गते सोमबार बिहान १०ः२० बजे सगरमाथा आरोहण गर्न सफल हुनुभएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

    इलाइट एक्सपेड नेपाल एपिएफ एभरेष्ट एक्सपीडिसन नामक पर्वतारोही दलको नेतृत्व गर्दै शेर्पा एक्सट्रिम प्रालिमार्फत निरीक्षक पौडेल सगरमाथामा आरोहणका लागि गत चैत ३० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । उहाँले यस बीचमा सगरमाथासँगै रहेको लुवुचे हिमालको समेत सफल आरोहण गर्नुभएको थियो ।

    एपिएफले उत्तरतर्फको कठिन भूगोलमा समेत आफ्नो उपस्थिति जनाउँदै लगेको अवस्थामा यस आरोहणले आगामी दिनमा हिमाली भेगमा हुने विपद् व्यवस्थापन कार्यमा समेत सहयोग पुग्ने सङ्गठनले अपेक्षा लिएको जनाएको छ ।

    हिमाली भेगमा हुने विपद् व्यवस्थापन उद्धारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले एपिएफले पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना गरिसकिएको छ । यसबाट दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएअनुरुप सगरमाथाको सफल आरोहणले त्यस प्रकारका तालिमलाई समेत गुणस्तरीय बनाउन मद्दत पुग्ने जनाइएको छ ।

    सगरमाथा सीमा क्षेत्रसमेत रहेकाले नेपालको होचो भू–भाग झापा जिल्लाको केचनाकवलदेखि सीमाको अधिकतम उचाइसम्म सशस्त्र प्रहरी बलको उपस्थितिको रुपमा समेत सङ्गठनले लिएको छ ।

    निरीक्षक पौडेलले उत्तरी सिमानामा पर्ने सगरमाथाको सफल आरोहण गरेकै समयमा दक्षिणी सीमाना नजिक पर्ने झापाको ५८ मिटर उचाइमा रहेको केचनाकवलमा बिओपी केचनाबाट सशस्त्र प्रहरी निरीक्षक केशव मैनाली कमाण्डको टोली पुगेको थियो ।

    सबैभन्दा अग्लो र होचो भू–भागमा सशस्त्र प्रहरीका अधिकृत तथा गस्ती टोली एकैसाथ पुगेको बलका प्रहरी नायब उपरीक्षक एवं सहप्रवक्ता थापाले जानकारी दिनुभयो ।

    रासस

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, जेठ ०८, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.