मुग्लिन । आज बिहान मुग्लिनमा माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् ।
मुग्लिनबाट काठमाडौंतर्फ जादै गरेकाे बा ३ ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको बा ४ ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना–४ कुरिनटारमा एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन् ।
घाइते मघ्य २ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएकाे छ । घाइतेमध्ये १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र १ जनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
माइक्रोबसले ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनका जानकारी दिएकाे छ । दुर्घटनापछि केहीबेर अवरुद्ध भएको थियाे । अहिले भने राजमार्ग खुलेको छ ।




















