गोरखा । गोरखा बजारमा आज भएको मोटरसाईलक दुर्घटनामा परी श्रीमानको मृत्यु भएको छ भने श्रीमती गंभिर घाईते भएका छन् ।
गोरखा नगरपालिका–११ को चौधकिलो भन्ने स्थानमा भएको दुर्घटनामा परी सिरानचोक गाउँपालिका १ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरीना नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार दिउसो २ः५५ बजे आँबुखैरेनीबाट बाह्रकिलो तर्फ आउदै गरेको ग. १३ प ९३२५ नम्बरको मोटरसाईकल अनियन्त्रीत भएर दुर्घटना हुदा सिरानचोक गाउँपालिका–७ श्रीनाथकोटका ४५ बर्षिय अशोक गहतराजको मृत्यु भएको हो । दुर्घटनामा गंभिर घाईते भएका गहतराजको गोरखा अस्पतालमा उपचरको क्रममा दिउसो ४ः१० बजे मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
सोही दुर्घटनामा परी उनका श्रीमती ३५ बर्षिया सिता गहतराज गंभिर घाईते भएको छ । घाईते सिताभने खतरा मुक्त रहेको गोरखा अस्पतालल जानकारी दिएको छ ।
तिब्र गतिमा रहेको मोटरसाईकल नियन्त्रण गुमाउदा सडक छेवैमा रहेको पोलमा ठोकिएर दुर्घटना भएको स्थानियले जानकारी दिएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।
माेटरसाईकल सडकबाट २० मिटर तल खसेकाे छ ।






















