गोरखा । गोरखामा आज टिप्पर दुर्घटना हुदा १ जना पुरुष गंभिर घाईते भएका छन् । आरुघाट तर्फ जादै गरेको ईट्टा बोकेको टिप्पर भिमसेन थापा गाउँपालिका–३ तान्द्राङको डाँडाबेशीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बिरगञ्जबाट ईट्टा लिएर आरुघाट बजार तर्फ जादै गरेको ना. ८ ख ५९३६ नम्बरको टिप्पर दुर्घटनामा परेको हो । घुमारो सडक रहेको उक्त स्थानमा २० मिटर तल खसेर सडकमा नै बजारिएको सूचना अधिकारी श्रेष्ठले बताए ।
दुर्घटनामा परी भिमसेन थापा गाउँपालिका–२ तान्द्राङ ओख्लेका ४३ बर्षिय महेन्द्र भट्टराई गंभिर घाईते भएका छन् । उनको आरुघाट स्वास्थ्य चौकीमा उपचार भई रहेको छ । टाउको तथा शरिरको विभिन्न भागमा चोट लागेको भट्टराईलाई थप उपचारको लागि जिल्ला बाहिर पठाउने तयारी भईरहेको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
त्यस्तैगरी, दुर्घटनामा परी टिप्परका चालक बारा जिल्ला कलैया नगरपालिका घर भएका २१ बर्षिय रोशन यादव, बारा अमरीया घर भएका २६ बर्षका सहचालक रामविश्व पासवान र भिमसेन थापा गाउँपालिका–२ ओख्लेकी ४० बर्षिया गंगा लामिछाने सामान्य घाईते भएको प्रहरीले जनाएका छ ।
घाईते सबैका आरुघाट स्वास्थ्य चौकीमा नै उपचार भईरहेको छ । दुर्घटना बिहान ११ः१५ बजेको समयमा भएको पनि प्रहरीले जानकारी दिएको छ ।


