गोरखा । उत्तरी गोरखाको चुम्चेतमा आँखा शिविर सम्पन्न भएको छ । हालै सम्पन्न शिविरमा १७ जनाको सफल शल्यक्रिया गरिएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए ।
‘यो ठाउँमा पहिलो पटक आँखा शिविर भएको हो’ अध्यक्ष लामा भने ‘९० बर्षिय बृद्वको शल्य क्रिया भएपछी आँखाको ज्योती फकिएको छ ।’ शिविरमा ९० बर्षिय बृद्व इपी पागोको शल्य क्रिया पछी आँखाको ज्योती फर्किएको भन्दै खुशी भएका थिए ।
पालिकाको विशेष पहल तथा वडा नम्बर ६ को सहयोगमा देलेक चिल्ड्रेन फाउन्डेशनले शिविर सञ्चालन गरेको उनले जानकारी दिए ।
बैशाख ६ गतेदेखी ९ गतेसम्म सञ्चालनमा आएको शिविरमा १७२ जनाले आँखा जाँच गराएका थिए भने १७ जनो शल्यक्रिया गरिएको थियो ।
शिविरमा आँखा जाँच गराउन दुर दराजबाट आएका सर्व साधारणहरुलाई फाउन्डेशनले बाटो खर्च समेत उपलब्ध गराउनुका साथै शल्यक्रिया पछी केही दिन आराम गर्न लाग्ने खर्च समेत प्रदान गरेको अध्यक्ष लामाले जानकारी दिए ।
शिविरमा आँखा जाँच तथा शल्य क्रिया निःशुल्क रुपमा गरिएको थियो । आँखा जाँच गराएकाहरुलाई औषधी तथा चश्मा समेत निःशुल्क उपलब्ध गराइएको थियो ।
शिविरमा ९ जना चिकित्सकहरुको टोलीले सेवा दिएको पालिका अध्यक्ष निमा लामाले बताए ।




















