गोरखा । गोरखा प्रहरीले बुहारालाई बलात्कार गरेको आरोपमा ससुरालाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएका ब्यती सिरानचोक गाउँपालिका–८ जौबारीका ४९ बर्षका पुरुष ‘द कुमार’ नाम परिबर्तन भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार प्रहरीले नियन्त्रणमा लिएका ब्यतीले ३५ बर्षिया बुहारी ‘अ कुमारी’ नाम परिबर्तनलाई गएको ०८० साल भाद्र १० गते बिहान ९ बजेको समयमा घरमा कोही नभएको मौका छोपी घाँटीमा धारीलो हतियार राखेर बलात्कार गरेको आरोप लागेको छ ।
पिडित महिलाले हद म्याद भित्र आफुलाई काका ससुरा नाता पर्नेले बलात्कार गरेको भन्दै प्रहरीमा ०८१ साल बैशाख १० गते जाहेरी दर्ता गराएकी थिइन । प्रहरीले ‘द कुमार’ बिरुद्व जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए लगत्तै बैशाख ११ गते पक्राउ गरेको हो ।
घर ठेगानामा नै पक्राउ परेका आरोपीत बिरुद्व अनुसन्धानका लागि बैशाख १२ गते अदालतबाट म्याद थप गरी प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
गाेरखा प्रहरीले घटना हाडनाता करणी भएका कारण नाम सार्वजनिक गरेकाे छैन ।



