×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

९ महिनामा ८ लाख २५ हजारले चढे मनकामना केबलकार कार

  •  गोरखा समाचार
  • मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केबलकारमा ९ महिनाको अवधीमा ८ लाख २५ हजार यात्रुले यात्रा गरेका छन् । यो आर्थिक बर्षको साउनदेखी चैत्र मसान्तसम्म ९ महिनाको अवधीमा उक्त संख्याका यात्रुहरुले यात्रा गरेको नायब महाप्रबन्धक उज्वल शेरचनले बताए ।

    गत बर्षको सोही अवधीमा भने केबलकारको यात्रा गर्नेका संख्या केलब ७ लाख ६० हजार मात्र भएको उनले बताए । ‘अधिल्लो बर्ष कोरोनाका कारणले यात्रुको संख्यामा कमी आएको थियो’ उनले भने ‘यो बर्ष त्यस्तो केही समस्या आएन । त्यही भएर यात्रुको संख्यामा बढोत्तरी भएको हो ।’

    चितवनको चेरेशमा रहेको स्टेशनबाट गोरखाका ऐतिहासिक तथा पुरातात्विक एवं धार्मिक तिर्थ स्थल मनकामना मन्दिरसम्म जान प्रयोग हुने गर्दछ । मन्दिरसम्म जान सबैभन्दा छोटो दुरी भएको तथा बालबच्चा र बृद्वबृद्वालाई सहज यात्रा गर्न पनि केबलकारको प्रयोग हुदै आएको छ ।

    तिर्थयात्रीहरुकोलागि मुख्य सिजन मानिने असोजदेखी असारसम्म केबलकार यात्रा गर्नेको संख्या अत्याधिक रहने गर्दछ । यो सिजनमा दैनिक जसो ५ हजारभन्दा बढी यात्रीले केबलकारको यात्रा गर्ने गर्दछन् ।

    नेपाल बाहेक भारतीय तिर्थयात्रीहरुको प्रमुख रोजाईमा परेको केबलकारमा यो अवधिमा २ लाख २० हजारभन्दा बढी भारतीयले केबलकारको यात्रा गरेको नायब महाप्रबन्धक शेरचनले जानकारी दिए । सोही अवधीमा ४ हजार बिदेशी तथा ६ लाख १ हजार नेपालीले केबलकारको यात्रा गरेका छन् ।

    अधिल्लो आर्थिक बर्षमा ११ लाख १२ हजार जनाले यात्रा गरेको केबलकार यो बर्ष भने १२ लाखभन्दा बढीले यात्रा गर्ने अनुमान गरिएको नायब महाप्रबन्धक उज्वल शेरचनले बताए । ‘कोरोना कारण मनकामना मन्दिर आउनेको संख्यामा कमी आएको थियो’ उनले भने ‘यो बर्ष त्यो संख्या बढेर १२ लाख माथी पुग्ने अनुमान गरिएको छ ।’

    आर्थिक बर्ष ०७५–०७६ मा भने ११ लाख ६६ हजार ३० जनाले केबलकारको यात्रा गरेको केबलकार प्रशासनले जानकारी दिएको छ ।

    तिर्थ यात्री र पर्यटकको रोजाईमा परेको केबलकारले यात्रुको सुविधाकोलागि बर्षे नयाँ नयाँ प्रविधि प्रयोगमा ल्याउन थालेको छ । यो बर्ष भने एनालग प्रविधीबाट सञ्चालमा आएको केबलकार डिजिटल प्रविधिमा रुपान्तरण हुने भएको छ । जसकोलागि विदेशबाट प्राविधिक आउने र २ महिना सेवा बन्द गरेर कामको थालनी हुने पनि नायब महाप्रबन्धक शेरचनले जानकारी दिए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.