गोरखा । बन्द अवस्थामा रहेको गोरखाकाली रबर उद्योग भित्र चोरी भएको छ । चोरीमा संलग्न भएका र चोरीको सामान खरिद गरेको भन्दै गोरखा प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा १७ बर्षका नाबालक ‘ध कुमार’ नाम परिवर्तन र सामान खरिद गर्ने भारत पश्चिम चम्पारण बिहार प्रदेश मैनाटार थाना घर भई तनहुँको आँबुखैरेनी गाउपालिका–३ बस्ने बर्ष ३० को दिलिप गुप्तालाई गोरखा प्रहरीलेपक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बैशाख ६ गते दिउसो २ बजेको समयमा गोरखा नगरपालिका–१३ को मझुवादेउरालीमा बन्द अवस्थामा रहेको गोरखाकाली रबर उद्योग भित्र रहेको मेसिनमा जडित तामा तार चोरी गरेरका थिए । चोरी गर्ने नाबालक भएका कारण प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन ।
तामाको तार चोरीको हो भन्ने थाहा पाउदा पाउदै पनि खरिद गरेको भन्दै प्रहरीले गुप्तालाई पक्राउ गरेको हो । चोरी भएको तामाको तार प्रहरील्े बरामद गर्न सफल भएको छ । उद्योग भित्रको मेसिनको तामाको तार चोरी भएको भन्ने उद्योगका सुरक्षा गार्डको उजुरीको आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।
दुवै जनालाई प्रहरीले बैशाख ७ गते पक्राउ गरेको र चोरी कसूर शिर्षकमा मुद्वा दर्ता गराएको छ । दुवै जनालाई अनुसन्धानकालागि बैशाख ९ गते आइतबार गोरखा जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालेको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
प्रहरीले खरिदकर्ता गुप्ताबाट ८ किलो २३० ग्राम तामाको तार बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।


