गोरखा । उत्तरी गोरखाको सामागाउँ नजिकै रहेको बिरेन्द्र तालमाथीबाट आएको हिम पहिरोले बुढी गण्डकी नदीमा बहाव बढ्न गएको भन्दै सबैलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ ।
चुमनुब्री गाउँपालिका–१ सामागाउँमा रहेको बिरेन्द्र तालमा मनासलु हिमालबाट आएको हिम पहिरोले तालमा रहेको आईसबर्ग बुढी गण्डकी नदीमा मिसिन जादाँ नदीको बहाव तिब्र भएको हो ।
आइतबार बिहान हिम पहिरो जादाँ तालको पानीमा असन्तुलन भएर पानी बुढी गण्डकी नदीमा मिसिए पछी कार्यालयले सूचना नै जारी गर्दै ‘मनास्लु हिमालबाट अचानक झरेको हिम पहिरोले तालको पानी बिस्थापन हुन गएको’ भन्दै सूचनामा ‘नदीमा पानीको बहाव बढ्न गएको र यो क्रम अझ २४ घण्टासम्म रहन सक्ने देखिएकोले बुढी गण्डकी नदी किनारका बासिन्दा एवं सरोकारवालाहरुलाई आवश्यक सुरक्ष सतर्कता अपनाउनुहुन सबैमा हार्दिक अनुरोध छ ।’
नदीको मुख्य मुहानमा गएको हिम पहिरोका कारण आउने बाढी गोरखा, धादिङ र चितवनको संगम स्थल सिउरेनी टारको त्रिशुली नदीमा मिसिएर मर्थर हुने गर्दछ ।



