गोरखा । गोरखा सदरमुकाममा रहेको त्रिभुवन पस्तकालयको आज एक कार्यक्रम बिच उदघाटन गरिएको छ । पुस्तकालयको गोरखा नगरपालिकाका मेयर कृण्ण्बहादुर राना मगरले पानसमा बत्ती बालेर उदघाटन गरेका हुन् ।
गोरखा नगरपालिका–६ को तिनधारेमा रहेको उक्त पुस्तकालय जिल्लाकै पुरानो पुस्तकालय मानिन्छ । यो बिक्रम सम्वत २००८ सालमा स्थापना गरिएको थियो ।
स्थापना कालदेखी नै बिना कानूनी प्रकृया सञ्चालनमा आएको पुस्तकालय पछिल्लो समय निश्क्रीए हुदै गएको र ०७२ सालमा आएको बिनाशकारी भूकम्पले भवन कामै नलाग्ने गरी चर्किएपछी अहिले भवनको पुनःनिर्माण गरिएको छ भने पुस्तकालय समेत कानूनी प्रकृयामा ल्याएर दर्ता गरीएको छ ।
०७२ बर्षपछी दर्ता भएको उक्त पुस्तकालयको आज एक कार्यक्रम समुदघाटन गरिएको अध्यक्ष कुशललाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार पछिल्लो समय भवन समेत ४८ लाख रुपैयाँमा पुनःनिर्माण भएको र पुस्तकालय समेत कानूनी प्रकृयामा प्रवेश गरेर दर्ता गराए संगै विधिवत उदधाट गरीएको उनले बताए ।
पुस्तकालयले विशिष्ट, सम्मानार्थ र आजिवन गरी ३ प्रकारको सदस्यता वितरण गर्दै आएको छ । सार्वजनिक बिदाको दिन बाहेक दिउसो ३ बजेदेखी साँझ ६ बजेसम्म खुल्ने उक्त पुस्तकालमा उमेर समूह अनुसारको सामाग्री हुनुपर्ने सहभागीहरुले बताए ।
बच्चा, नाबालक, बयस्क तथा बृद्वहरुलाई उमेर समूह अनुसार शैक्षिक सामाग्रीको ब्यवस्थापन नहुदासम्म पुस्तकालय सञ्चालन जटिल हुने भन्दै त्यस तर्फ समितिका पदाधिकारीहरुले ध्यान दिनुपर्ने अर्का सहभागीले बताए ।
पुस्तकालयका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी गोरखा नगरपालिका मेयर राना मगर, विशेष अतिथी गोरखा नगरपालिका उपमेयर मसलीमायाँ थोकर पुन, गोरखा नगरपालिका पूर्व मेयर राजनराज पन्त, भवन निर्माण समितिका संयोजक मोहनलाल श्रेष्ठ, सल्लाहकार स्थानेश्वर दुवाडी, पुस्तकालय संरक्षक डा.राजुबावु श्रेष्ठ र शिक्षा प्रेमी रामचन्द्र आचार्यले कार्यक्रममा शुभ कामना मन्तब्य राखेका थिए ।



