गोरखा । नाबालिका बलात्कार आरोप लागेका गोरखा सदरमुकामका १ जना युवकलाई अदालतले पुर्पक्षकालागि कारागार चलान गरेको छ । गोरखा नगरपालिका–१० बिरेनचोकका २२ बर्षका मदन थापा मगरलाई गोरखा अदालतले पुर्पक्षकालागि कारागार चलान गरेको हो ।
गएको चैत्र १० गते राती ११ बजेको समयमा स्थानिय १३ बर्षिया नाबालिका ‘ह कुमारी’ लाई एकान्त स्थानमा भेटन बोलाएर बलात्कार गरेको आरोपमा प्रहरीले चैत्र ११ गते पक्राउ गरी जबरजस्ती करणी शिर्षक मुद्वा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सुचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीले अनुसन्धान पश्चात सरकारी वकिलको कार्यालय मार्फत राय सहित बैशाख ७ गते शुक्रबार गोरखा जिल्ला अदालत पेश गरेको थियो । अदालतले शुक्रबार नै पुर्पक्षकालागि कारागार चलान गरेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
घटना लगत्तै पिडितकी आमाले प्रहरीमा उजुरी दर्ता गराएको थियो ।




















