गोरखा । गोरखा प्रहरीले बलात्कार मुद्वाका फरार आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमसेन थापा गाउँपालिका–१ मसेलका कुलमान बराम भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
घटना लगत्तै फरार भएका बरामलाई प्रहरीले बिहीबार घरठेगानबाट नै पक्राउ गरेको हो । बरामले गएको फागुन २३ गते दिउसो २ बजेको समयमा शारीरिक तथा मानसिक रुपमा अपाङ्कता भएका स्थानिय १९ बर्षिया महिला ‘व कुमारी’ नाम परिवर्तनलाई बलात्कार गरेको भन्दै पिडितकी आमा मार्फत प्रहरीमा जाहेरी परेको थियो ।
बरामले ति महिलालाई पिडितकै काका घरको गोठमा लगि बलात्कार गरेको भन्ने उजुरी पछी खोजतलास गर्दा फरार भएका थिए । फागुन २४ गते नै बराम बिरुद्व जबरजस्ती करणी शिर्षक मुद्वा दर्ता गोरखा जिल्ला अदालतबाट पक्राउ आदेश लिएको गोरखा प्रहरीले हालै पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेका बरामलाई बैशाख ७ गते शुक्रबार गोरखा जिल्ला अदालतबाट अनुसन्धानकोलागि म्याद थप गरी प्रहरीको हिरासतमा राखेर अनुसन्धा थालेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।




















