फाईल तस्बिर
गोरखा । भोली शनिबार दिन गोरखा जिल्लाको अधिकांश स्थानमा बिद्युत सेवा अबरुद्व हुने भएको छ । नेपाल बिद्युत प्राधिकरण, गोरखा बितरण केन्द्रले आज एक सूचना जारी गर्दै मर्मतको लागि भन्दै शनिबार बिहान ७ बजेदेखी दिउसो ३ बजेसम्म बिद्युत सेवा अबरुद्व हुने जनाएको हो ।
बिरतण केन्द्रले आजजारी गरेको सूचनमा ‘शनिबारको दिन आँबुखैरेनी देखी गोरखामा प्रशारण गरिएको ३३ केभि लाईनको आसपासमा रहेका रुखका हाँगाबिगा काटने तथा लाईन मर्मत गर्ने कार्य तालिका’ रहेको भन्दै ‘बिहान ७ बजेदेखी अपराहान्न ३ बजेसम्म गोरखा सब– स्टेशनबाट सप्लार्य भएका नयाँ बजार, खोप्लाङ तथा महेन्द्र ज्योति फिडरबाट बितरण गरिएका स्थानहरुमा बिद्युत सेवा अबरुद्व हुने’ भनिएको छ ।
मर्मत तथा बिद्युत लाइनको वरपर रहेको रुख कटान गर्दा शनिबार गोरखा नगरपालिकाको सबै क्षेत्र, पालुङटार नगरपालिका भित्रको खोप्लाङ, मिरकोट, भिमसेन थापा गाउँपालिकाको सबै भाग, सिरानचोक गाउँपालिका भित्रको छोप्राक, मिरकोट, गाँखु लगाएका स्थानमा बिद्युत सेवा अबरुद्व हुने छन् ।
त्यस्तैगरी, शहिद लखन गाउँपालिकाको सबै भागका साथै बारपाक सुलिकोट गाउँपालिकाको पन्द्रुङ, पाँचखुवा देउराली, ताकुकोट र ताकु माँझ लाकुरी बोट लगायतका क्षेत्रमा पनि बिद्युत अवरुद्व हुने बितरण केन्द्रले जानकारी दिएको छ ।
सूचनामा समय अगावै मर्मत कार्य सम्पन्न भएको खण्डमा तत्काल बिद्युत सप्लाई सूचारु गरिने पनि सूचनामा भनिएको छ ।





















