गोरखा । गोरखा मनकामनाका १ जना युवक आज आँबुखैरेनीमा मृत फेला परेका छन् । मृत्तक ब्यत्ति गोरखा जिल्ला शहिद लखन गाउँपालिका–३ मनकामना सिलिङका २२ बर्षिय अमन गुरुङ भएको प्रहरीले पुष्टी गरेको हो ।
स्थानियले गुरुङको मृत शरिर देखे पछी ईलका प्रहरी कार्यालय आँबुखैरनीलाई खबर गरेका थिए । खबर लगत्तै प्रहरी निरिक्षक सहितको टोली घटना स्थलमा पुगेर आवश्यक कानूनी प्रकृया पुरा गरी शव आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय तनहुँ दमौलीका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी प्रदिपकुमार रायले जानकारी दिए ।
उनका अनुसार गुरुङ शव आँबुखैरेनी गाउँपालिका–३ आँबुमा फेला परेको हो । आँबुखैरेनीबाट छिम्केश्वरी मन्दिर जाने कच्ची सडकको जंगलमा शव फेला परेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।
अनुसन्धानका क्रममा प्रहरीले आजै ७ जना संदिग्धहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको सूचना अधिकारी रायले बताए ।


