गोरखा । नेपाली काँग्रेसका नेता चन्द्रप्रसाद न्यौपानको निधन भएको छ । लामो समय बिरामी परेका न्यौपानको राजधानीको चिरायु अस्पतालमा उपचारको क्रममा सोमबार निधन भएको नेपाली काँग्रेस गोरखाले जनाएको छ ।
८२ बर्षिय न्यौपाने सिरानचोक गाउँपालिका–४ छोप्राक निवासी हुन । उनी नेपाली काँग्रेसका तर्फबाट २०४८ सालमा जिल्ला बिकास समितिको सभापति पदमा निर्वाचित भएका थिए ।
२०१७ सालदेखी काँग्रेसका राजनितीमा सक्रिय रहेका न्यौपानले २०४६ सालमा जिल्लामा भएको आन्दोलनको नेतृत्व समेत गरेका थिए । उनी नेपाली काँग्रेस गोरखाका उपसभापतिका साथै विभिन्न समयमा महाधिवेशन प्रतिनिधी समेत चयन भएका थिए ।
न्यौपानेको निधनमा शोक विज्ञप्ती प्रकाशन गरेको छ । प्रकाशित बिज्ञप्तीमा गोरखा काँग्रेसले उनको निधनले नेपाली काँग्रेसलाई क्षती पुगेको भन्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार जनलाई धैर्य धारण गर्न भनेको छ ।
न्यौपानेको सोमबार नै राजधानीको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो । उक्त कार्यक्रममा नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवा सहित थुप्रै नेता गणहरुको उपस्थिती रहेको थियो ।



