गोरखा । गोरखामा ५ बर्षिया नाबालिकालाई बलात्कार गरेको आरोपमा भारत घर भएका १ जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला बिहार गोविनगंज घर भई जिल्ला चितवन खैरहनी नगरपालिका-६ पर्सा पुलटोल डेरा गरी बस्ने बर्ष ३२ को करण साह तेली भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
आरोपितले गोरखा जिल्लामा आएर काम गर्ने क्रममा ति बालिकालाई बलात्कार गरेको भन्दै उनका आफन्तले दिएको उजुरीको आधारमा प्रहरीले आरोपित तेलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बालिका कै घरमा रहेको ग्रिल उद्योगमा काम गर्न आएका उनले बैशाख १ गते साँझ ६ बजेको समयमा उद्योग नजिकैको डेरामा लगि डिउ र फ्रुटी दिन्छु भनि ललाई फकाई लगि जवरजस्ती करणी गरेको आरोप लागेको छ ।
आफन्तको जाहेरी लगत्तै बैशाख २ गते पक्राउ परेका तेलीलाई प्रहरील जबरजस्ती करणी शिर्षक मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट बैशाख ३ गते अनुसन्धानका लागि म्याद थप गरी प्रहरीको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।



