गोरखा । गोरखाको बुट्टार स्थित त्रिशुली नदी किनारमा बेवारिसे अवस्थामा पुरुषको मृत शरिर फेला परेको छ । नाम, वतन खुल्न नसकेको १ जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार अन्दाजी ५०–५५ बर्षका ति पुरुषको शव त्रिशुली नदी किनारमा तैरीरहेको अवस्थामा स्थानियले देखेपछी प्रहरीलाई खबर गरेका थिए । ति पुरुषको शव शनिबार साँझ ६ः५० बजेको समयमा फेला परेको थियो ।
निलो रंङको ट्याक लगाएका ति ब्यत्तिको शरिरको माथिल्लो भागमा कालो रंगको टि–सर्टमा नाइक लेखेको बाहिर कालै ज्याकेट लगाएको तथा हातमा कालो घडी लगाएको पुरुष फेला परेको गोरखा प्रहरीले जानकारी दिएको छ ।
मृत्त ब्यक्तिको शरिरमा कुनै पनि चोट नदेखिएकाले खोलाले बगाएर ल्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मृत्तक ब्यक्तिको शव अहिले गोरखा अस्पतालका शव गृहमा राखिएको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।




















