गोरखा । गोरखा सदरमुकाममा जारी पालिका स्तरिय भलिबल प्रतियोगिता अन्तरर्गत आज भएको पुरुष तर्फको फाइनल खेलमा शहिद लखन गाँउपालिका बिजयी भएको छ । शहिद लखनले भिमसेन थापा गाँउपालिकालाई सोझो सेटमा पराजित गर्दै बिजयी भएको हो ।
फाइनलमा भेट भएको शहिद लखनले भिमसेन थापालाई ३–० को सोझो सेटमा पराजित गरेको जिल्ला भलिबल संघ गोरखाका सचिव राजुबावु श्रेष्ठले जानकारी दिए । हार संगै भिमसेन थापा गाउँपालिका उपबिजेता भएकार दोस्रो स्थानमा झरेको छ ।
यता आजै पुरुष तर्फको तेस्रो स्थानको लागि भएको खेलमा अजिरकोटले बारपाकलाई ३–१ ले पराजित गरेको संघले जानकारी दिएको छ । पराजित भए संगै बारपाकले सान्त्वना स्थानमा चित्त बुझाउनु परेको छ ।
प्रतियोगितामा प्रथम भएको शहिद लखनले ७० हजार, द्वितिय भएको भिमसेन थापाले ४० हजार, तृतिय भएको अजिरकोटले २५ हजार र सान्त्वना भएको बारपाक सुलिकोट गाँउपालिकाले १५ हजार नगदका साथै ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् ।
त्यस बाहेक पनि सर्बोत्कृष्ठ खेलाडीलाई ५ हजार तथा उत्कृष्ट डिफेन्डर, सेटर, ब्लकर, सर्भर, खेलाडी, स्पाईकल र प्रशिक्षकलाई २–२ हजार नगद प्रदान गरिने जिल्ला भलिबल संघ गोरखाले जानकारी दिएको छ ।




















