गोरखा । गोरखा सदरमुकाममा जारी पालिका स्तरीय भलिबल प्रतियागिता अन्तरर्गत महिला तर्फको खेलमा बारपाक सुलिकोट गाउँपालिका प्रथम हुन सफल भएको छ ।
आज बिहान भएको खेलमा बारपाकले शहिद लखन गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दे बिजयी भएको जिल्ला भलिबल संघ गोरखाका सचिव राजुबावु श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आजै बिहान तेस्रो स्थानको लागि भएको खेलमा भिसेन थापाले पालुङटार नगरपालिकालाई ३–१ ले हराउदै तेस्रो स्थान हात पारेको छ ।
प्रतियोगितामा प्रथम भएको बारपाकले ७० हजार, द्वितिय भएको शहिद लखनले ४० हजार, तृतिय भएको भिमसेन थापाले २५ हजार र सान्त्वना भएको पालुङटार नगरपालिकाले १५ हजार नगदका साथै ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् ।
त्यस बाहेक पनि सर्बोत्कृष्ठ खेलाडीलाई ५ हजार तथा उत्कृष्ट डिफेन्डर, सेटर, ब्लकर, सर्भर, खेलाडी, स्पाईकल र प्रशिक्षकलाई २–२ हजार नगद प्रदान गरिने जिल्ला भलिबल संघ गोरखाले जानकारी दिएको छ ।



