गोरखा । गोरखा सदरमुकाममा जारी पालिका स्तरीय भलिबल प्रतियागिता अन्तरर्गत पुरुष तर्फको खेलमा भिमसेन थापा र शहिद लखन गाउँपालिका फाईनलमा प्रवेश गरेको छ ।
फाईलनमा प्रवेश गरेको भिमसेन थापाले बारपाक सुलिकोट गाँउपालिकालाई ३–२ र शहिद लखनले अजिरकोट गाउँपालिकालाई सोझो ३–० को सोझो सेटमा हराएर फाइनलमा प्रवेश गरेको जिल्ला भलिबल संघ गोरखाका सचिव राजुबावु श्रेष्ठले बताए ।
शहिद लखन र अजिरकोटको खेल हिजै सम्पन्न भएता पनि भिमसेन थापा र बारपाकको खेल भने मौसमका कारण हिजो स्थगित गरेर आज बिहान खेलाईएको थियो ।
उप बिजेता रहेको अजिरकोट र बारपाक गाउँपालिका बिच तेस्रो स्थानको लागि अहिले खेल हुदै गरेको छ । त्यस्तैगरी, फाइनमा पुगेको भिमसेन थापा र शहिद लखनको खेल आजै दिउसो हुने पनि संघका सचिव श्रेष्ठले जानकारी दिए ।



