गोरखा । गोरखा सदरमुकामको लोकतान्त्रिक चोकमा रहेको एक पसलबाट दिउसै चोरीको प्रयास असफल भएको छ । गोरखा नगरपालिका–६ को लोकतान्त्रिक चोकमा रहेको युनिक कम्प्यूटर पसलबाट ल्यापटप चोरीको प्रयास असफल भएको हो ।
कम्प्यूटर पसलको दोस्रो तलामा कोही पनि नभएको बेला मास्क लगाएका १ जना पहिचान खुल्न नसकेका युवाले ल्यापटप चोरी गरेर भाग्न खोज्दा अरुले देखे पछी छाडेर भागेको सञ्चालक शिशुबावु प्रधान (शिशिर)ले बताए । ‘चोरी गरीरहेको बेला मेरो गाडीको चालकले सिसी क्यामेराबाट देखेको रहेछ’ उनले भने ‘तल झदै गर्दा समात्ने भनेर कुरेर बसेको रहेछ । उसलाई देख्नासाथै ल्यापटप छाडेर भागेछ ।’
पहिचान खुल्न नसकेका ति ब्यक्तिले मुखमा मास्क लगाएका थिए । दोस्रो तलाको पछाडीबाट हामफालेर होटर मिराकलको साइडबाट ति युवक फरार भएको पनि सञ्चालन प्रधानले जानकारी दिए ।
उक्त ल्यापटप अरु कसैले पसलमा बनाउन भनेर ल्याएको पनि उनले जानकारी दिए । दिउसो ४ बजेको समयमा ल्यापटक चोरी भएको थियो । चोरी गर्ने ब्यक्तीको खोजी भईरहेको पनि उनले बताए ।







