गोरखा । जिल्लाको २ वटा पालिकाले एकै पटक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । जिल्लाको अजिरकोट र धार्चे गाउँपालिकाले दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । अजिरकोटले घ्याच्चोकमा र धार्चेले माछाखोलामा सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।
अजिरकोटमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सर्व साधारणहरुले सरोकार वालालाई सडक, बिद्युत र शिक्षा संग सम्वन्धित प्रश्नहरु गरेका थिए । कार्यक्रममा उपस्ति सर्व साधारण, शिक्षक, महिला समूह, सहरकारी तथा संघ संस्थाका प्रतिनिधीहरुले बर्षा लागे संगै केही सडकहरु पैदल हिड्न समेत समस्या हुने भन्दै त्यस तर्फ बढी ध्यान दिन र अब्यवस्थित बिद्युत प्रशारण लाइनका कारण मावन जिवन जोखिममा परेको भन्दै तत्कालै समाधान गर्न सरोकारवालाई आग्रह गरिएको थियो ।
सोही कार्यक्रममा साुमुदायिक बिद्यालयमा सरकारी तथा जनप्रतिनिधीका बालबच्चा नपढाएर ठुला शहर लाने गरेको गुनासा गर्दै तत्कालै शिक्षक, बिद्यालय र शिक्षामा सुधारगरी स्थानिय स्तरमा नै बालबच्चालाई पढाउने ब्यवस्था मिलाउन भनिएको थियो ।
कार्यक्रममा उठेका प्रश्नहरुको गाउँपालिका अध्यक्ष दिपक देवकोट, उपाध्यक्ष अनिता भुजेल, प्रमुख प्रशासकीय अधिकृत नवराज अवस्थि, सम्वन्धित वडाका वडाध्यक्ष तथा शाखा प्रमुखहरुले जवाफ दिएका थिए ।
यता धार्चेमा माछाखोलामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले दोस्रो चौमासिकमा पालिकाले गरेको विकास निर्माणको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा सर्व साधारणको सहभागीता कम भएको भन्दै अगामी दिनमा कसरी सर्वसाधारणहरुलाई धेरै भन्दा धेरै सहभागी गराउन सकिन्छ भन्ने बारेमा बेलैमा सोच्न सुझाव दिदै युवा पलायन रोक्न स्वरोजगारका कार्यक्रम ल्याउन तथा धार्चेको पर्यटकीय स्थलको ब्यापक रुपमा प्रचार प्रशार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्राउन पनि सहभागीहरुले सुझाव दिएका थिए ।
कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै पालिका अध्यक्ष लक्ष्मण गुरुङले कार्यक्रममा सहभागीताका लागि सरोकारवाला सबैलाई पत्राचारका साथै टेलिफोन मार्फत जानकारी गराएको भएता पनि चासो नदिएका कारण उल्लेखनिय सहभागीता नभएको भन्दै अगामी दिनमा यस्ता गल्ती सुधार गर्दै सहभागीको संख्यामा बृद्वि गरिने बताए ।
अध्यक्ष गुरुङले पालिकाको बिकासमा ठुला ठेकेदारको लापरर्वाहीले उल्लेखनिय प्रगती नभएको भन्दै सुझबुझका साथ अगाडी बढेर र राजनैतिक सहमती गरेर अगाडी बढनुपर्ने अहिलेको आवश्यकता रहेको बताए । उनले युवालाई पलायन हुनबाट रोक्ने गरी आगामी दिनमा कार्यक्रमहरु ल्याउने भन्दै पालिकाको बिकासमा सबैले सहकार्य र सहयोग गरेर अगाडी बढ्नु पर्नेमा जोड दिए ।



