गोरखा । गोरखा जिल्लामा नै पहिलो पटक आयोजना गरीएको पालिका स्तरको भलिबल प्रतियोगिताको आज भएको सेमीफाइनलमा शहिद लखन र बारपाक सुलिकोट फाइनलमा प्रवेश गरेको छ । सदरमुकामको खेलकुद मैदानमा बिहानदेखी सुरु भएको खेलमा दुवै पालिकाले सोझो सेटमा पराजित गरी फाइनलमा प्रवेश गरेको जिल्ला भलिबल संघका सचिव राजुबावु श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बिहान भएको पहिलो खेलमा शहिद लखनले पालुङटार नगरपालिका र बारपाक सुलिकोट ले भिमसेन थापा गाउँपालिकालाई सोझो सेटमा हराउदै फाइनलमा प्रवेश गरेको हो ।
खेलमा शहिद लखन गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाले पालुङटार नगरपालिका र भिमसेन थापा गाउँपालिकालाई ३–० ले हराउदै फाइनलमा प्रवेश गरेको हो ।
फाइनलमा प्रवेश गरेको शहिद लखन र बारपाक सुलिकोट तथा उप बिजेता भएको पालुङटार नगरपालिका र भिमसेन थापा गाउँपालिकाको खेल भोली बिहान हुने छ ।
त्यस्तैगरी, सेमी फाइनलमा पुगेको पुरुष तर्फको शहिद लखन र अजिरकोट गाउँपालिको खेल दिउसो २ बजे र भिमसेन थापा र बारपार सुलिकोट गाँउपालिकाको खेल ४ बजे हुने पनि भलिबल संघले जानकारी दिएको छ ।



