साँकेतिक तस्बिर
गोरखा । करिब ३ किलो गाँजा सहित गोरखा थालाजुङका बिनोद गुरुङ सहित २ जना पक्राउ परेका छन् । तनहुँ प्रहरीले थापा सहित राजधानीको बुढानिलकण्ठ बस्ने आशिष थापालाई पनि पक्राउ गरेको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले दिएको जानकारी अनुसार आँबुखैरेनी गाउँपालिका–२ स्थित सडकबाट गोरखा सिराचोक गाउँपालिका–२ थालाजुङका बिनोद र काठमाण्डौं बुढानिलक(ठका आशिषलाई २ किलो ५०० ग्राम गाँजा सहित पक्राउ गरेको हो ।
२४ बर्षका बिनोद र २५ बर्षका आशिषलाई प्रहरीको बिशेष सुराकीको आधारमा र्इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो ।
पक्राउ परेको दुवै जनालाई आवश्यक कानूनी कारवाहीको लागि मुद्वा दर्तागरी थप अनुसन्धान भईरहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।



