गाेरखा । गोरखा सदरमुकाममा भोली बिहानदेखी अन्तरपालिका स्तरीय भलिबल प्रतियागिता हुने भएको छ । जिल्ला भलिबल संघ गोरखाको आयोजनामा पहिलो पटक ‘प्रथम गोरखा जिल्ला अन्तर पालिका स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८०’ हुन लागेको हो ।
प्रतियोगिता सदरमुकामको खेलकुद मैदानमा हुने संघमा जिल्ला अध्यक्ष कृण्ण गुरुङले बताए । प्रतियोगिता चैत्र ३० गतेसम्म सञ्चालनमा आउने अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतियोगिताका लागि चुमनुब्री बाहेकका १० स्थानिय तहले नाम दर्ता गराएको सचिव राजु श्रेष्ठले जानकारी दिए । उनका अनुसार महिला भलिवलमा भने सिरानचोक गाउँपालिकाले सहभागिता जनाएका छैनन् । सिरानचोकले पुरुष भलिवलमा मात्र भाग लिने छ ।
प्रतियोगिताबाट ब्यवसायीक खेलाडीहरुको पनि उत्पादन हुने र आगामी बर्षदेखी विविध खेलहरु खेलाउने गरी महोत्सवका रुपमा प्रतियोगिता आयोजना गरिने सचिव श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने पालिकाले क्रमश ७०, ४०, २५ र १५ हजार नगदका साथै ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् ।
सहभागी पालिकाहरुले दर्ता शुल्क बापत १० हजार रुपैयाँ तिरेको आयोजक भलिबल संघले जानकारी दिएको छ ।
त्यस बाहेक पनि सर्बोत्कृष्ठ खेलाडीलाई ५ हजार तथा उत्कृष्ट डिफेन्डर, सेटर, ब्लकर, सर्भर, खेलाडी, स्पाईकल र प्रशिक्षकलाई २–२ हजार नगद प्रदान गरिने पनि जानकारी दिएको छ ।
लिगकम नकआउटको आधारमा खेलाइने खेल फाइनमा वेष्ट अफ ५ र अन्य खेल भने वेष्ट अफ ३ मा खेलाइने छ ।
खेल अवधिभर करिब १३ लाख रुपैयाँ खर्च हुने पनि आयोजकले जानकारी गराएको छ ।
युवा जनशत्तिलाई कुलतमा फस्न नदिन पनि खेल मार्फत युवाहरुलाई परिचालन गर्न र खेलकुदको बिकासका लागि प्रतियोगिताको आयोजना गरेको संघले जनाएको छ ।



