गोरखा । गोरखाको तेह्रकिलो क्षेत्रमा आइतबार १ घर जलेर पूणरुपमा ध्वस्त भएको छ । गोरखा नगरपालिका–११ तेह्रकिलो स्थित भ्रमण गुरुङको घरमा आइतबार साँझ पख लागेको आगलागी हुँदा पूर्णरुपमा ध्वस्त भएको हो ।
टिनले छाएको २ तले घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार घरका कोही पनि नभएको बेला आगलागी हुँदा मानविय क्षती भने हुन पाएन । तर आगलागीबाट घरको रहेको अन्नपात र लत्ताकपडा पूर्णरुपमा जलेर नष्ट भएको छ ।
आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको पनि उनले जानकारी दिए । प्रहरीले आगलागीको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।


